काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताउनु भएको छ।
आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताउनु भएको हो ।
उहाँले रुस युक्रेन युद्धकासँग विविध काराणले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप उत्पन्न हुनुका साथै आपूर्ति श्रृंखला समेत प्रभावित बनेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले चूनौतीपूण अवस्थालाई समाधान गर्दै आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्ने गरी योजना अघि बढाउन आवश्यक रहेको समेत बताउनुभयो ।