काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका निमित्त प्रदेश प्रमुख सुन्दरप्रसाद शर्माले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रतिष्ठा कायम राखेको बताउनुभएको छ ।
कम्पनीको २३ औँ वार्षिकोत्सवको अवसरमा प्रमुख आतिथ्यता ग्रहण गर्दै उहाँले लामो समयदेखि बीमा क्षेत्रमा उदाएको कम्पनीको ब्राण्ड यथावत रहेकोमा खुसी व्यक्त गर्नुभयो । नागरिकले गरेको बीमा र भुक्तानी पारदर्शी भएको भन्दै शर्माले आगामी दिनको प्रगतिको कामना पनि गर्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । सोही क्रममा विशिष्ठ अथितिको आसनबाट बोल्दै प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले कम्पनीको इमान्दारिताको प्रशंसा गर्नुभएको थियो । साथै उहाँले रगत मानव जीवनमा अमूल्य रहने भएकोले त्यहाँ संकलन भएको रगतले अर्को व्यक्तिले पुनर्जीवन पाउने बताउनुभयो । रक्तदानबाट ५६ युनिट रगत संकलन भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख अनन्त अधिकारीको अध्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका निमित्त प्रदेश प्रमुख सुन्दर प्रसाद शर्मा रहनुभएको थियो ।
अन्य अतिथिहरुमा निप्स पोखरा च्याप्टरका अध्यक्ष दीपकराज तिवारी, महासचिव बद्रिनाथ पौडेल, आकस्मिक रक्तदान संयोजक नेत्रप्रसाद ढकाल, नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश सञ्चालन प्रमुख विष्णुबहादुर अधिकारी, नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाका शाखा प्रमुख उपेन्द्र तिमिल्सिना र अभिकर्ता संघ पोखरा शाखाका अध्यक्ष तारादेवी बराल रहनुभएको थियो ।
स्वागत मन्तव्य शाखा प्रमुख उपेन्द्र तिमिल्सिनाले गर्नुभएको थियो भने शुभकामना मन्तव्य अकस्मिक रक्तदान संयोजक नेत्रप्रसाद ढकालले गर्नुभएको थियो । नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाका वरिष्ठ एजेन्सी मेनेजर दामोदर सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा रक्तदाता, बैंकर, अभिकर्ता, , विमित, सरोकारवाला, शुभचिन्तक , कर्मचारी, रक्तसञ्चार केन्द्रका कर्मचारी सहभागी रहेका थिए ।
कम्पनीले उपस्थित सबैमा धन्यवाद व्यक्त गरेको छ ।
