Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

१८ अंकले घट्यो नेप्से, १ अर्ब ४१ करोडको कारोबार

१८ अंकले घट्यो नेप्से, १ अर्ब ४१ करोडको कारोबार

  • बिहिवार, चैत्र ९ २०७९

  • 358
    SHARES

  • १८ अंकले घट्यो नेप्से, १ अर्ब ४१ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबरा दिन आज सेयर बजार परिसूचक नेप्से ०.९४ प्रतिशतले गिरावट भएको छ । आज नेप्से १८.१५ अंकले गिरावट भएर १९१५.१४ अंकमा बन्द भएको छ । बजारमा सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।

    ८ चैत मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा आज बढेर कारोबार १ अर्ब ४१ करोड ३२ लाख पुगेको छ । कुल २९ हजार ६८५ वटा कारोबारमा ४३ लाख ४० हजार २७० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    आज बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको करिब २१ करोड ७५ लाखको कारोबार हुँदा सिद्धार्थ बैंकको ८ करोड ३६ लाखको कारोबार भएको छ । एनआईसी एशिया बैंक र सिद्धार्थ बैंककको मर्जरको चर्चा चल्दा एनआईसी एशिया बैंकको सेयरमूल्यमा उच्च गिरावट भएको छ भने सिद्धार्थ बैंकको सेयरमूल्य बढेको छ । दुवै बैंकको कारोबार पनि उच्च भएको हो ।

    आज एनआईसी एशिया बैंकको सेयरमूल्य ५.१२ प्रतिशतले गिरावट हुँदा सिद्धार्थ बैंकको सेयरमूल्य ८.३४ प्रतिशतले वृद्धि भएको छ ।

    आज नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै २८ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।


    बिहिवार, चैत्र ९ २०७९०३:५३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij