काठमाडौं । देशभरका उद्योगी–व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन्। मंगलबार (आज) केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी–व्यवसायीहरुले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि आन्दोलन गरेका हुन्।
उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समयसमेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका छन् ।
उनीहरुले व्यवसायीको पीडा महशुस गराउन ध्यानाकर्षणसमेत गरेका छन्। विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताउनुभयो।
उहाँले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामासमेत बैंकले अर्को ब्याजदर दिएको गुनासो गर्नुभयो।
नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आवद्ध भएका वस्तुगत संघहरु आन्दोलनमा सहभागि छन् ।