Aug 31 2026 | २०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

चलचित्र संघद्धारा आन्दोलनका कार्यक्रम घोषणाः हल बन्द गर्ने देखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय

चलचित्र संघद्धारा आन्दोलनका कार्यक्रम घोषणाः हल बन्द गर्ने देखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय

  • बुधवार, पौष ६ २०७९

  • 533
    SHARES

  • चलचित्र संघद्धारा आन्दोलनका कार्यक्रम घोषणाः हल बन्द गर्ने देखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय

    काठमाडौं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

    बुधबार (आज) काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय गरेको छ ।

    जसअनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएका छन् । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

    एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित छ । साथै, प्रदर्शकको भेलाले सिंगल स्क्रिन हलका मुद्दामा समेत बोर्ड गम्भीर नभएको बताएको छ ।

     


    बुधवार, पौष ६ २०७९०७:२८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij