Aug 31 2026 | २०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

नातिकाजी राष्ट्रिय संगीत पुरस्कार एकनारायण भण्डारीलगायत तीन जनालाई

नातिकाजी राष्ट्रिय संगीत पुरस्कार एकनारायण भण्डारीलगायत तीन जनालाई

  • मंगलवार, पौष ५ २०७९

  • 562
    SHARES

  • नातिकाजी राष्ट्रिय संगीत पुरस्कार एकनारायण भण्डारीलगायत तीन जनालाई

    काठमाडौं । नेपाली गीत–संगीतको क्षेत्रमा योगदान दिइरहेका विभिन्न संगीतकर्मीलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ दिने घोषणा गरिएको छ। नेपाली सांगीतिक क्षेत्रका सिद्धहस्त नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा विभिन्न पुरस्कार तथा सम्मान घोषणा गरिएको हो।

    नातिकाजी स्मृति समाजले यस वर्षको ‘नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान’ मनबहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणीन्द्र राई, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गर्ने भएको छ।

    यसैगरी यो वर्षको ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ एकनारायण भण्डारी, कालीप्रसाद बास्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई प्रदान गर्ने समाजका अध्यक्ष शम्भुजित बासकोटाले जानकारी दिनुभयो ।

    त्यस्तै देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले, र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको छ। संगीत गुरु चन्दन श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ प्रदान गर्दा ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ रविन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ देवी घर्तीलाई प्रदान गर्ने समाजले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।


    मंगलवार, पौष ५ २०७९०४:२८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij