Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

१७ अंकले नेप्सेमा वृद्धि, १ अर्ब ३६ करोडको कारोबार

१७ अंकले नेप्सेमा वृद्धि, १ अर्ब ३६ करोडको कारोबार

  • सोमवार, मंसिर २६ २०७९

  • 398
    SHARES

  • १७ अंकले नेप्सेमा वृद्धि, १ अर्ब ३६ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो दिन सेयर बजार मापक बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन हिजो भने बजार घटेको थियो ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १५८ कम्पनीका सेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका सेयरको मूल्य बढेको छ । ४४ लाख ७० कित्ता सेयर १ अर्ब ३६ करोड रूपैयाँमा खरिद बिक्री भएका छन् ।

    नेप्सेका अनुसार आज समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, नेपाल टेलिकमको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ । आज मूल्य धेरै घट्नेमा ग्लोबल आईएमई व्यालेन्स फण्ड १ को ९.९३ प्रतिशत र कुमारी धनबृद्धि योजनाको ५.७१ प्रतिशतले मूल्य घटेको छ ।

    सबैभन्दा धेरै रकमको सेयर कारोबार भने नविल बैंकको २१ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । नविल बैंकको सेयर प्रतिकित्ता ८१५ रूपैयाँमा कारोबार बन्द भएको छ । यस्तै, कुमारी बैंकको १० लाख ७७ हजार कित्ता प्रमोटर सेयरको पनि आज कारोबार भएको छ ।


    सोमवार, मंसिर २६ २०७९०३:४५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij