Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

नेपालले साढे पाँच महिनामा १० अर्ब ३८ करोड बढीको बिजुली भारत बेच्यो

नेपालले साढे पाँच महिनामा १० अर्ब ३८ करोड बढीको बिजुली भारत बेच्यो

  • शुक्रवार, मंसिर २ २०७९

  • 396
    SHARES

  • नेपालले साढे पाँच महिनामा १० अर्ब ३८ करोड बढीको बिजुली भारत बेच्यो

    काठमाडौं। यो आर्थिक वर्षको पहिलो साढे पाँच महिनामा नेपालले १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात गरेको छ ।

    देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको बताएको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

    भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँमा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारू नेपाल भित्रिएको छ ।

    यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । सुरुमा दुईवटा विद्युत गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो ।

    त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जल विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो ।

    हाल भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ ।


    शुक्रवार, मंसिर २ २०७९०३:०५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij