काठमाडौं । सुनको मूल्य साताको पहिलो दिन आज आइतबार पनि बढेको छ । तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ ।
पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ । सुनको मूल्य अझै बढ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको पनि आज मूल्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।