Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

बैँकबाट ११ दिनमा बाहिरियो २३ अर्ब

बैँकबाट ११ दिनमा बाहिरियो २३ अर्ब

  • बुधवार, कार्तिक १६ २०७९

  • 403
    SHARES

  • बैँकबाट ११ दिनमा बाहिरियो २३ अर्ब

    काठमाडौं । बैंकहरुका ११ दिनमा २३ अर्ब रूपैयाँ बाहिरिएको छ ।

    नेपाल बैंकर्स संघका अनुसार गत असोज ३१ गतेदेखि कात्तिक ११ गतेसम्ममा वाणिज्य बैंकहरुबाट २३ अर्ब रूपैयाँ बाहिरिँदै कुल ४५ खर्ब २४ अर्ब निक्षेप कायम भएको हो ।

    गत असोज ३१ गते २६ वटा वाणिज्य बैंकहरुमा ४५ खर्ब ४७ अर्ब रूपैयाँ निक्षेप जम्मा भएको थियो ।

    उसो त निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिकै कारण बैंकबाट पैसा बाहिरिन थालेको बैंकहरुको अनुमान छ । बैंकर्स संघका अनुसार कात्तिक ४ गतेसम्म बैंकहरुबाट ६ अर्ब रुपैयाँ बाहिरिएकोमा ११ गतेसम्म थप १७ अर्ब रूपैयाँ बाहिरिन पुगेको छ ।

    यद्यपि, समीक्षा अवधिमा बैंकहरुले ५ अर्बले कर्जा लगानी बढाएका छन् । गत असोज ३१ गतेसम्म ४२ खर्ब २० अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक ११ गतेसम्म ५ अर्ब रूपैयाँले कर्जा बढाउँदै कुल ४२ खर्ब २५ अर्ब लगानी गरेका छन् ।


    बुधवार, कार्तिक १६ २०७९०२:१४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij