Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत

लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत

  • मंगलवार, कार्तिक ८ २०७९

  • 499
    SHARES

  • लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत

    काठमाडौं । लक्ष्मीपूजा अर्थात् हिजो साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो।

    साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ। गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो।

    तिहारमा उद्योग, कलकारखाना बन्द हुने भए पनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ को लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गर्नुभएको थियो ।

    त्यसअघिल्ला वर्षमा प्राधिकरणले झिलीमिली बत्ती नबाल्न आग्रह गर्दथ्यो भने लक्ष्मीपूजामा पनि लोडसेडिङ हुने गर्दथ्यो ।


    मंगलवार, कार्तिक ८ २०७९०७:४९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij