Nov 01 2026 | २०८३, कार्तिक १६ गते

Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

धनतेरसको अवसरमा राष्ट्र बैंकले बेच्न थाल्यो असर्फी

धनतेरसको अवसरमा राष्ट्र बैंकले बेच्न थाल्यो असर्फी

  • बिहिवार, कार्तिक ३ २०७९

  • 649
    SHARES

  • धनतेरसको अवसरमा राष्ट्र बैंकले बेच्न थाल्यो असर्फी

    काठमाडौं । तिहारको धनतेरस अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री थालेको छ ।

    काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री वितरण थालिएको छ । राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि बिक्री सुरु गरेको टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताउनुभयो ।

    धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तिरिकाले सुन र चाँदीका सिक्का बिक्री थालिएको आचार्यको भनाइ छ । ‘प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक–एक थान असर्फी वितरण गर्छौं’ उहाँले भन्नुभयो, ‘आवश्यकता र औचित्य हेरेर त्यसमा कम वा बढी पनि गर्न सकिन्छ ।’

    असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ ।

    तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ । असर्फी किन्नका लागि टक्सार विभागमा सर्वसाधारण लामबद्ध देखिएका छन् ।


    बिहिवार, कार्तिक ३ २०७९०२:२२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij