Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

दुई महिनामा ८ अर्ब ३५ करोडको सुन आयात

दुई महिनामा ८ अर्ब ३५ करोडको सुन आयात

  • शनिवार, आश्विन २९ २०७९

  • 392
    SHARES

  • दुई महिनामा ८ अर्ब ३५ करोडको सुन आयात

    काठमाडौं । चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो २ महिनामा विदेशबाट ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा उक्त मूल्यको सुन नेपाल भित्रिएको हो ।

    यस अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको छ । यस बापत राज्यले १ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, यस अवधिमा विदेशबाट ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।

    विदेशबाट यस अवधिमा ६ करोड ९१ लाख ग्राम चाँदी आयात भएको छ । आयातकर्ताले विदेशबाट चाँदी आयात गर्दा राज्यलाई ५८ करोड ७७ लाख रुपैयाँ बराबर राजश्व बुझाएका छन् । नेपालमा टर्की र संयुक्त अरब इमिरेट्सबाट सुनको आयात हुँदै आएको छ ।

    विभागले टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख बराबरको सुन र संयुक्त अरब इमिरेट्समार्फत ५ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको सुन आयात भएको छ ।


    शनिवार, आश्विन २९ २०७९१२:५१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij