Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्से परिसूचक ४.१५ अंकले बृद्धि,कारोबार रकम ८२ करोडभन्दा माथि

नेप्से परिसूचक ४.१५ अंकले बृद्धि,कारोबार रकम ८२ करोडभन्दा माथि

  • बिहिवार, आश्विन २७ २०७९

  • 368
    SHARES

  • नेप्से परिसूचक ४.१५ अंकले बृद्धि,कारोबार रकम ८२ करोडभन्दा माथि

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो ।

    त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ । आज कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

    हिजोको तुलनामा आज कारोबार रकममा सामान्य सुधार भएको छ । हिजो ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

    नेप्सेका १३ उपसमूहमध्य जलविद्युत उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ ।

    आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,रुरु जलविद्युत परियोजनाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

    यता, सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ४.४५ प्रतिशत घटेको छ । आज नबिल बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


    बिहिवार, आश्विन २७ २०७९०४:३३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij