Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्से सूचकमा ११ अंकको सुधार

नेप्से सूचकमा ११ अंकको सुधार

  • बुधवार, आश्विन २६ २०७९

  • 522
    SHARES

  • नेप्से सूचकमा ११ अंकको सुधार

    काठमाडौं। कारोबारको चौथो दिन आज नेप्से सूचकमा ११ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचकमा ११.३६ अंकले बढ्दै १८६६.५२ अंकमा उक्लिएको हो ।

    नेप्सेका अनुसार आज नेप्से सूचक ११ अंक माथिले बढे पनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन । यसदिन कुल २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदै ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो ।

    आज ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.०९ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरुमा आज सामान्य वृद्धि भएको छ ।


    बुधवार, आश्विन २६ २०७९०३:३९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij