Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

आठ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आठ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 526
    SHARES

  • आठ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । कारोबारको अन्तिम दिन नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ।

    आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो। आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ।

    आज तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।


    शुक्रवार, भाद्र ३१ २०७९०१:२१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij