Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

रसुवागढी नाका खुल्यो, आउन थाल्यो सामान

रसुवागढी नाका खुल्यो, आउन थाल्यो सामान

  • बिहिवार, भाद्र ३० २०७९

  • 675
    SHARES

  • रसुवागढी नाका खुल्यो, आउन थाल्यो सामान

    काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका आज बिहानबाट खुलेको छ । कोभिड महामारी नियन्त्रण गर्न तिब्बतमा गरिएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।

    तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले साउन २२ गतेदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । निर्यातमा रोक लगाएपछि दसैं र तिहारका लागि आयात गरिएको व्यापारीका अर्बौ मूल्य बराबरको सामान तिब्बतमा रोकिएको थियो । नाका खुलेपछि आज बिहान ‘चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको विषयमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेका थिए ।

    रसुवागढी नाकाको नेपालतर्फ ’चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’ अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको सम्पूर्ण तयारी पूरा गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो ।


    बिहिवार, भाद्र ३० २०७९१२:५२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij