Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा सामान्य गिरावट,चाँदीको भने बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट,चाँदीको भने बढ्यो

  • मंगलवार, भाद्र २८ २०७९

  • 420
    SHARES

  • सुनको मूल्यमा सामान्य गिरावट,चाँदीको भने बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    यस्तै तेजाबी सुनको मूल्य आज ९३ हजार रुपैयाँ कायम भएको हो ।

    हिजो पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।


    मंगलवार, भाद्र २८ २०७९१२:५७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij