काठमाडौं । काठमाडौंमा डोटेली खानाका परिकार र अन्य खाजा नास्तासहितको डोटेली क्याफे सञ्चालनमा आएको छ ।
डिल्लीबजारमा अवस्थित क्याफेको उद्घाटन विश्व किर्तिमानी बहिरा कलाकार सुजल बमले गरिन् । उद्घाटन कार्यक्रममा कलाकार, पत्रकार र अन्य व्याक्तिहरुको उपस्थिति रहेको थियो । काठमाडौंमा डोटीको जनसंख्यालाई ध्यानमा राखी गाउँको स्मरण गराउन क्याफे सञ्चालन गरिएको हो ।
खाना खाजाको सेवासहित खुलेको क्याफेलाई सस्तो र सुलभ बनाइने सञ्चालकहरुले बताएका छन् । उपत्यकामा डोटेली क्याफेका नामले खुलेको यो पहिलो क्याफे हो । क्याफे सञ्चालनमा रमेश गजुरेललगायत तीनजना अरुको पनि लगानी रहेको छ ।
उद्घाटन समारोहमा पत्रकार सम्पादक खेम बम, कलाकार चक्र बम, सूर्यविरही साउँद, लव खड्कालगायतको उपस्थिति रहेको थियो ।