Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

  • बिहिवार, श्रावण २६ २०७९

  • 524
    SHARES

  • पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

    काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् ।

    गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताउनुभयो । ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

    गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

    बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गतवर्ष देखि नै आन्दोलित छन् । भाडा बढाउनेबारे गत वर्ष आयल निगमले विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । तर, व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समिमितले निर्धारण गरेपछि तत्कालिन निगम नेतृत्व भाडा समायोजन नगर्ने अवस्थामा पुगेको थियो ।

    निगमको अध्ययन समितिले रुटअनुसार ३ देखि १६ प्रतिशतसम्म भाडा बढाउन सुझाव दिएको थियो । जसलाई निगमले अधिक भएको भन्दै थप अध्ययन गर्न पुल्चोक इन्जिनियारिङ कलेजलाई अध्ययन प्रतिवेदन थमाएको थियो ।

     


    बिहिवार, श्रावण २६ २०७९०२:०८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij