Oct 31 2026 | २०८३, कार्तिक १५ गते

Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

चन्द्रागिरि हिल्सको अफर : साँझ ५ देखि राति ९ सम्मको समयमा सस्तो सेवा

चन्द्रागिरि हिल्सको अफर : साँझ ५ देखि राति ९ सम्मको समयमा सस्तो सेवा

  • बुधवार, श्रावण २५ २०७९

  • 486
    SHARES

  • चन्द्रागिरि हिल्सको अफर : साँझ ५ देखि राति ९ सम्मको समयमा सस्तो सेवा

    काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले नागरिकको चाहनालाई मध्येनजर गर्दै साँझ ५ बजेदेखि राति ९ बजेसम्म आफ्नो सेवा दिन शुरु गरेको छ । दिउँसभरीको थकानलाई मेट्दै मनोरम दृष्यावलोकनका लागि हिल्सले यो सेवा शुरु गरेको जनाएको छ ।

    राति काठमाडौंको भ्यू आनन्ददायक देखिने र चिसो हावासँगैको खानपानले समेत मनमा कान्ती मिल्ने चन्द्रागिरि हिल्सको भनाइ छ । राति अबेरसम्म काठमाडौंका होटेल, रेष्टुरेन्टमा बस्ने ग्राहकहरुले एकपटक चन्द्रागिरि घुम्दा थप आनन्द मिल्ने चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक अम्बिका प्रसाद पौडेलको भनाइ छ ।

    पौडेलका अनुसार केबलकारमा तलमाथि गर्न जम्मा ३ सय ९९ रुपैयाँमात्रै लाग्नेछ । यो दिउँसोको भन्दा ४ सय रुपैयाँले कम हो । चन्द्रागिरिमा उक्लिसकेपछि सोही दिन प्रयोग गर्न १ सयको गिफ्ट भौचर पनि राखिएको पौडेलले जानकारी दिनुभयो ।

    पौडेलले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको कोलाहलबाट एकछिन मुक्त भइ शान्त वातावरणमा बस्न, खाना खान सहज होस् भन्ने हेतुले यो प्याकेजको सुरुवात गरिएको हो । अहिले टिकटदर पनि सस्तो र ५ बजे पछाडिको समय प्रायः खाली नै हुने भएकोले मानिसको आवातजावत बढेको छ ।


    बुधवार, श्रावण २५ २०७९०५:३६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij