Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

९ दिनमै वाणिज्य बैंकहरुबाट बाहिरियो ८५ अर्ब रुपैयाँ निक्षेप

९ दिनमै वाणिज्य बैंकहरुबाट बाहिरियो ८५ अर्ब रुपैयाँ निक्षेप

  • बुधवार, श्रावण ११ २०७९

  • 549
    SHARES

  • ९ दिनमै वाणिज्य बैंकहरुबाट बाहिरियो ८५ अर्ब रुपैयाँ निक्षेप

    काठमाडौं । साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैंकहरुबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

    नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैंकहरुबाट सो निक्षेप घटेको हो । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ ।

    त्यस्तै सो ९ दिनको अवधिमा कर्जा रकम १७ अर्ब घटेको छ । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा साउन ९ गतेसम्म आउँदा ४१ खर्ब ५८ अर्बमा झरेको छ । समग्रमा गत आर्थिक वर्षमा निक्षेप ३ खर्ब ४० अर्ब थपिएको छ ।

    २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब कायम भएको थियो । २०७८ असार मसान्तदेखि ०७९ असार मसान्तसम्मको अवधिमा कर्जा ३७ खर्ब २१ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको थियो ।


    बुधवार, श्रावण ११ २०७९०१:४५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij