Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

आखिर को हुन् बजेटमा चुकुल लगाउने ती अनुहार ! भेटियो फुटेज...

आखिर को हुन् बजेटमा चुकुल लगाउने ती अनुहार ! भेटियो फुटेज...

  • मंगलवार, श्रावण १० २०७९

  • 1.6K
    SHARES

  • आखिर को हुन् बजेटमा चुकुल लगाउने ती अनुहार ! भेटियो फुटेज...

    काठमाडौं । अर्थमन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको १४ जेठको सीसीटीभी फुटेज रिकभर भएको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो । प्रयोगशालाबाट प्राप्त भिडि‌ओ फुटेजहरू आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले हेरेका थिए ।

    १४ गते रातिको फुटेज भेटिएको तर, उक्त दृष्यमा मन्त्रालयभित्र रहेका मान्छेहरूको पहिचान हुन नसकेको एक सांसदले जानकारी दिएका छन्।

    ‘रातिको दृष्यमा मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन । यसलाई थप प्रष्ट पार्नका निम्ति हामीले विज्ञहरूसँग बसेर छलफल गर्ने निर्णय लिएका हौं,’ ती सांसदले भन्नुभयो।

    समितिले यस विषयमा एक्सक्लुसिभ समाचार लेख्ने पत्रकारसँग पनि थप सहयोग मागेको छ । अन्नपूर्ण पोष्टका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग समितिले सहयोग मागेको हो ।

    पत्रकारहरूले आफूहरूसँग अर्थमन्त्रालयमा घुसपैठको प्रमाण रहेको बताइरहेका छन् । तर, समितिलाई उपलब्ध गराउन चाहेका छैनन् ।


    मंगलवार, श्रावण १० २०७९०१:३३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij