Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीमाथि छनबिन गर्न बनेको संसदीय समिति आज अर्थमन्त्रालय जाँदै

अर्थमन्त्रीमाथि छनबिन गर्न बनेको संसदीय समिति आज अर्थमन्त्रालय जाँदै

  • बुधवार, आषाढ २९ २०७९

  • 649
    SHARES

  • अर्थमन्त्रीमाथि छनबिन गर्न बनेको संसदीय समिति आज अर्थमन्त्रालय जाँदै

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदैछ ।

    ११ सदस्यीय समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो । बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिएका छन्।

    जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा पनि चर्को विरोध भएपछि अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

    शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो। छानबिन समितिमा प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट चार जना सहभागी छन् ।


    बुधवार, आषाढ २९ २०७९०२:२६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij