Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

असारे विकाश प्रवृती : २५ दिनमा ५२ अर्ब विकास खर्च, शनिबार मात्र १५ अर्ब

असारे विकाश प्रवृती : २५ दिनमा ५२ अर्ब विकास खर्च, शनिबार मात्र १५ अर्ब

  • आइतवार, आषाढ २६ २०७९

  • 946
    SHARES

  • असारे विकाश प्रवृती  : २५ दिनमा ५२ अर्ब विकास खर्च, शनिबार मात्र १५ अर्ब
    काठमाडौं । असारमा आएर ठूलो बजेट खर्च गर्ने प्रवृत्ति चालु आर्थिक २०७८-०७९ मा समेत दोहोरिएको छ । पछिल्लो २५ दिन (असारयता) मा विकास खर्च मात्र ५२ अर्ब रुपैयाँ भएको छ ।
     
    महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार ३१ जेठ २०७९ मा विकास खर्च १३७ अर्ब रुपैयाँ मात्र भएको थियो । तर, शनिबार (२५ जेठ २०७९ सम्म पुग्दा) विकास खर्च १८९ अर्ब पुगेको छ । यो पछिल्लो २५ दिनमा भएको पुँजीगत खर्च हो ।
     
    महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबार मात्र १५ अर्ब रुपैयाँ बराबर पुँजीगत खर्च भएको छ । शुक्रबारसम्म १७४ अर्ब रुपैयाँ रहेको पुँजीगत बजेट खर्च शनिबार १८९ अर्ब पुगेको तथ्याङ्क छ । यससँगै अब पुँजीगत विकास वार्षिक लक्ष्यको ५० प्रतिशत छोएको छ । शनिबारसम्म विकास खर्च ५०.११ प्रतिशत गरेको छ । यस आवमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ ।
     
    विकास खर्चसँगै चालु र वित्तीय व्यवस्थातर्फको भुक्तानी समेत असार लागेसँगै उल्लेख्य बढेको छ । ३१ जेठमा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च २५ दिनमा २ सय २ अर्बले बढेर १२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यो कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत हो ।


    आइतवार, आषाढ २६ २०७९०१:२८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij