काठमाडौं । बजेट निर्माणलगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बस्नुभएको छ ।
आजदेखि नै लागू हुने गरी उनी अनिश्चितकालका लागि बिदामा बस्नुभएको हो । बिदा लिनुअघि प्रधानमन्त्री, अर्थमन्त्री शर्मा र मुख्यसचिवलाई उहाँले जानकारी गराएको बताइएको छ ।
प्रतिपक्ष नेकपा एमालेलगायतले बजेट आउने अघिल्लो रात अनधिकृत मान्छे मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज मागेका थिए । तर, सो फुटेज डिलिट भएको मन्त्रालयको जवाफसँगै अहिले विरोध चर्किएको छ ।