Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज १६ सय रुपैयाँले घट्यो

सुनको मूल्य आज १६ सय रुपैयाँले घट्यो

  • बुधवार, आषाढ २२ २०७९

  • 715
    SHARES

  • सुनको मूल्य आज १६ सय रुपैयाँले घट्यो

    काठमाडौं । सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँ रहेको मूल्य आज ९६ हजार रुपैयाँमा झरेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य महंगो भएकाले सुनको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

    उहाँका अनुसार मूल्य अझै घट्न सक्ने सम्भावना छ । तर यसै भन्न सकिने अवस्था चाहीँ छैन । अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


    बुधवार, आषाढ २२ २०७९११:५५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij