Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

  • बिहिवार, आषाढ ९ २०७९

  • 639
    SHARES

  • बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

    काठमाडौं । मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।

    नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि आज बेलुकी झडप भएको हो ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए । झडपपछि त्यस क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन ।

    पछिल्लो चरणमा भएको मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजेल, मट्टितेल १ सय ९२ पुगेको छ । इन्धनको मूल्यवृद्धिसँगै खाद्यान्न, यातायातलगायत क्षेत्रमा पनि महँगी बढेको छ ।


    बिहिवार, आषाढ ९ २०७९०७:०३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij