Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

साप्ताहिक कारोबारको अन्तिम दिन शेयर बजारमा पहिरो

साप्ताहिक कारोबारको अन्तिम दिन शेयर बजारमा पहिरो

  • शुक्रवार, जेठ २० २०७९

  • 714
    SHARES

  • साप्ताहिक कारोबारको अन्तिम दिन शेयर बजारमा पहिरो
    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार(आज) शेयर बजार २०७८.७८ विन्दुमा खुम्चिएर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि नै ओरालो लागेको शेयर बजार अन्तिम कारोबार दिन  घटेको हो । आज शेयर बजार परिसूचक ३३.७६ अंकले घट्यो ।
     
    आज शेयर बजारमा १ अर्ब ३० करोड ७३ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ । आज नेप्सेमा कूल १२६ कम्पनीको २६ हजार ६९३ कित्ता सेयर किनबेच भएको छ । 
     
    शेयर बजार घटे पनि आज कारोबारमा आएका २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । यसैगरी, बलेफी हाइड्रो पावर कम्पनीको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेबलमा कारोबार भएको हो ।
     
    आज कारोबारमा आएका २० कम्पनीको मात्र सेयर मूल्य बढेको छ । यसैगरी, १९७ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ९ कम्पनीको सेयर मूल्य यथावत् रहेको नेप्सेले जानकारी दिएको छ । आज सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । 
     
    आज कारोबारमा आएका १३ समूहमा सबै समूहको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै ट्रेडिङ समूहतर्फको सेयर मूल्य ओरालो लागेको छ । यस समूह तर्फको सेयर मूल्य आज २.५६ प्रतिशतले घटेको छ । आज ६ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । 
     


    शुक्रवार, जेठ २० २०७९०३:३९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij