Oct 30 2026 | २०८३, कार्तिक १४ गते

Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

बजेट लघुवित्त क्षेत्रकालागि सकारात्मक छ : एमफान अध्यक्ष पोखरेल

बजेट लघुवित्त क्षेत्रकालागि सकारात्मक छ : एमफान अध्यक्ष पोखरेल

  • मंगलवार, जेठ १७ २०७९

  • 507
    SHARES

  • बजेट लघुवित्त क्षेत्रकालागि सकारात्मक छ : एमफान अध्यक्ष पोखरेल

    काठमाडौं।माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(MFAN) का अध्यक्ष जगत वहादुर पोखरेलले सरकारले प्रस्तुत गरेको बजेट लघुवित्त क्षेत्रकालागि सकारात्मक रहेको वताएका छन् ।

    लघुवित्तको दिगो विकासका लागी यसपालीको बजेटमा अर्थमन्त्री ज्यु ले प्राथमिकतामा राख्नुभएको छ यो हाम्रो ऐतिहासिक सफलता हो पोखरेलले हामीसगंको कुराकानीमा बताएका छन् ।

    सरकारले आर्थिक बर्ष २०७९/८० को बजेटमा लघुवित्त मार्फत सहुलियत कर्जाको व्यवस्था गर्ने प्रावधान राखेपछि प्रतिक्रिया दिदै अध्यक्ष पोखरेलले सरकारले हाम्रो माग केहि हदसम्म पुरा गरेको छ अब कार्यन्वयनमा ध्यान दिनुपर्ने वताएका हुन् । सरकारले बजेट मार्फ़त कृषि क्षेत्रको रुपान्तरणका लागि आगामी आर्थिक बर्षलाई 'राष्ट्रिय अभियान बर्ष' मनाइने र कृषि क्षेत्रमा सहुलियत कर्जा लघुवित्त मार्फत प्रदान गरिने अर्थमन्त्री शर्माले जानकारी दिएका हुन्। 

    एमफानले वेलावेलामा अर्थमन्त्रीसगं भेट गरि कृषिमा जाने सहुलियत कर्जा लघुवित्त मार्फत गरिनुपर्ने माग गर्दै आएको थियो ।

    लघुवित्त कोष स्थापना गर्ने, लघुवित्त कोषमा राख्नुपर्ने स्रोतबारे बजेटमा स्पष्ट व्यवस्था गरिएको, कृषिको लागि अनुदान तथा सहुलियत लघुवित्त मार्फत गरिनुपर्ने, किसानलाई परिचयपत्र दिईने र त्यसकै आधारमा सहुलियत दिने, नेपाल राष्ट्र बैकंको नियमनमा नरहेका वित्तीय कारोबार गर्ने संस्थाहरुलाई पनि नियमन गरिने जस्ता कुराहरु समावेश गरिएकाले यस पटकको बजेट लघुवित्तका लागि ऐतिहासिक सफलता भएको उनले वताएका छन् ।

    आफुहरुले राखेका सबै मागहरु सम्बोधन नभएपनि अहिलेको बजेटमा उल्लेख व्यवस्थाहरु लघुवित्तमैत्री भएको र यसको कार्यन्वयन हुन सकेमा लघुवित्त क्षेत्र अहिलेको भन्दा धेरै राम्रो हुने उनले बताए।


    मंगलवार, जेठ १७ २०७९०८:१२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij