Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

२०८३, कार्तिक ११ गते
  • यो साता चर्चामा :
images

वीरगन्जमा अस्पतालले भर्ना नलिदा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

वीरगन्जमा अस्पतालले भर्ना नलिदा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

  • आइतवार, श्रावण २५ २०७७

  • 687
    SHARES

  • वीरगन्जमा अस्पतालले भर्ना नलिदा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

    वीरगन्ज  । निजी अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

    वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

    वीरगन्जका निजी अस्पतालहरू एडभान्स् अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताललगायत नेशनल मेडिकल कलेजले समेत भर्ना लिन नमाने पछि राती उनको ज्यान गएको थियो ।

    अन्तिम समयमा नारायणी अस्पताल लगिएकोमा वीरगन्ज हेल्थ केयरमा रेफेर गरिएको तर सो अस्पताल पनि कोभिडको पेसेन्ट मात्र लिने भनेर फर्काएकोले उपचार अभावका कारण उनको ज्यान गएको बिरामीसँगै रहेका सञ्चारकर्मी अजित भुजेलले जनाए ।

    त्यस पछि बिरामीका आफन्तले जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमदको सहयोगमा डा.उदय सिंहसँग सम्पर्क गरि बिरामीलाई गण्डक अस्पतालमा पुर्याईयो तर, अन्तिम अवस्थामा गण्डक अस्पतालले शुक्रवार राती मृत्य घोषणा गरेको थियो ।


    आइतवार, श्रावण २५ २०७७०२:२१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij